नियम ३३
सञ्चारका साधनको प्रयोग
(१) राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातमा संलग्न कर्मचारी तथा व्यक्तिले अनुसन्धान तथा तहकिकातको सिलसिलामा महानिर्देशकले तोके बमोजिमका सञ्चारका साधन साथमा लिई हिड्न र प्रयोग गर्न सक्नेछ ।
(२) कुनै सञ्चारका साधन प्रयोग गर्न वा साथमा लिई हिड्न कुनै अधिकारीको अनुमति, इजाजत वा आदेश लिनु पर्ने भएमा महानिर्देशकले उपनियम ( १) बमोजिम त्यस्तो साधन साथमा लिई हिड्न वा प्रयोग गर्न पाउने गरी तोक्नु अघि सम्बन्धित अधिकारीको अनुमति, इजाजत वा आदेश लिनु पर्नेछ ।